एजेन्सी । चिनियाँ सरकारले कोरोनाभाइरसको प्रकोपलाई लिएर त्रास फैलाउने गरी प्रतिक्रिया जनाएको अमेरिकामाथि आरोप लगाएको छ।
अमेरिकाले जनस्वास्थ्य सङ्कट घोषणा गरेकोमा र दुई सातायता चीन बसेका विदेशी नागरिकको आवागमनमा रोक लगाउने निर्णय गरेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो।
चीनमा १७ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस देखा परेको पुष्टि भइसकेको छ। चीनमा मात्रै करिब ३६१ जनाको ज्यान गइसकेको छ।
चीन बाहिर १५० जनाभन्दा बढीमा भाइरस पाइएको पुष्टि भइसकेको छ भने फिलिपिन्समा एक जनाको मृत्यु भएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्