मकवानपुर । हेटौडा उपमहानगरपालिका १५ नेवारपानीबाट अवैध लागुऔषध ६३ किलो गाँजा र ३०० ग्राम अफिम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरमा जिल्ला बारा पर्सौनी गाउपालिका-६ बस्ने २८ वर्षीय रामजी साह र जिल्ला बारा अदर्स कोतवाल गाउपालिका-२ बस्ने ३० वर्षीय प्रेम पटेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट प्रहरी नायव निरीक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको चेकिङ टोलीले मनहरी तर्फबाट हेटौडा तर्फ जाँदै गरेको बा ३ च ५९९७ नं को बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा गाडीको पछाडीको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको २१ वटा प्लास्टिकले बेरेको पोकामा लागु औषध गाँजा ६३ किलो र लागु औषध अफिम ३०० ग्राम फेला पारेको जिल्ला प्रहरी कर्यालय मकवानपुरले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्