सुर्खेत । वीरेन्द्रनगरमा टिपरले किच्दा १ युवकको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ ।
कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्युु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको हो ।
स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्