काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीलाई संसद बाट अनुमोदन गराउने अबको पहिलो प्राथमिकिता हुने बताएका छन् ।
चार महिनापछि प्रतिनिधिसभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले एमसीसीलाई संसदवाट अनुमोदन गराउन ढीलाई भएको बताएका हुन् ।
सभामुख चयनमा केही ढीलाई हुदा यो बषिय अघि वढाउन ढीला भएको भन्दै उनले अव सदनले यसमा भ्यान दिनुपर्ने बताए ।
‘धेरै अघिदेखि बढ्दै आएको ६ देखि ७ जना प्रधानमन्त्रीले गुजार्दै आएको सदनको प्रतिक्षा गरेको अनुमोदनको लागि एमसीसी जस्ता प्रस्ताव पारित गर्नुपर्ने छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो अघिवेशनमा अलिकति समय खेर गएको भए पनि अब खेर जान नदिएर सहज ढंगले अघि बढाउनु पर्नेछ । यस कामको लागि सभामुखको सफल नेतृत्व रहने छ भन्ने विश्वास लिएको छु ।’
लोकतन्त्रको लडाईंमा सवै दल एकतावद्ध भएकै कारण सफलता प्राप्त भएको उदाहरण पेश गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जहाँ हामी एकतावद्ध भएनौं, त्यहाँ सफलता प्राप्त भएन । जुनबेला एकतावद्ध भयौं, हामी सफल भयौं । हामी एकताबद्ध नहुँदा निरंकुशता छाएको छ । त्यसैले हामीलाई एकताबद्ध हुन इतिहासले शिक्षा दिएको छ । सुशासन र समृद्धिका लागि एकताबद्ध हुनु जरुरी छ । आइडोलोजीको आधारमा हामी विभाजित हुनु हुँदैन ।’
आफ्नो प्रतिकृया दिनुहोस्