रसुवा । सुन जस्तो देखिने पहेंलो धातु करिब २ केजी ५ सय ग्राम सहित दोलखा तामाकोशी गाउँपालिका-५ बस्ने २३ वर्षीय तुलनारायण श्रेष्ठ समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गोसाईकुण्ड गाउँपालिका-२ घट्टेखोलास्थित सिमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले रसुवागढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना-१ ज ३५४२ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्