-दया दुदराज
काठमाडौं । १३ बर्षीय निर्मला पन्तको बलात्कारको घटना सेलाउन नपाउँदै बाल मजदुरी गर्दै आएकी १५ बर्षिय बालिकामाथि फरक फरक स्थानमा दुई पटक बलात्कार भएको छ। ति बालिकालाई बलात्कार गर्ने युवा पनि फरक फरक रहेका छन्। गत पुस १४ गते र २८ गते उनको काभ्रे र काठमाडौँमा बलात्कार भएको प्रहरीले जनाएको छ ।
गत पुस १४ गते काभ्रेपलान्चोक जिल्ला चौरीदेउरालि गाँउपालिकामा बालिका सँगै ज्यामी काम गर्दै आएका उदयपुर जिल्ला त्रियुगा नगरपालिकाका २१ वर्षीय अस्विन दनुवारले बलात्कार गरेका थिए भने सोहि १५ वर्षीया बालिकालाई त्रियुगा नगरपालिका बस्ने २२ वर्षीया विवेक दनुवारले बलात्कार गरेका छन् ।
महानगरीय प्रहरी परिषर ललितपुका अनुसार घरबाट भागेर गत पुस २८ गते काठमाडौँ आएकी बालिकालाई ललितपुरस्थित बिएनबी हस्पिटल नजिकको एक होटलमा लगेर बिबेकले ललाईफकाई बलात्कार गरेका थिए ।अस्विन र बिबेक मिल्ने साथी रहेको प्रहरीले जनाएको छ।
बालिकाका आफन्तले अस्विन दनुवारका बिरुद्द जिल्ला प्रहरी कार्यालय काभ्रे र बिबेक दनुवारका बिरुद्द महानगरीय प्रहरी परिषर ललितपुरमा जाहेरी दिएका छन्। ललितपुर प्रहरीका अनुसार गत २ गते पक्राउ गरिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्