काठमाडौं । नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामूहिक राजीनामा दिएका छन् । तीन महिनाको समयसीमा दिँदै उनीहरूले व्यवस्थापनसमक्ष राजीनामा बुझाएका हुन् ।
विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै पाइलटले राजीनामा दिएका हुन् । स्थायी उडान दलका सदस्यहरूले तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हुन् । उनीहरूले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाए पनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन्।
पाइलटहरूका अनुसार विदेशीले महिनामा ४६ घन्टामात्र जहाज उडाउँछन् भने हप्तामा २ दिन छुट्टी पाएँछन्। तलब भने उनीहरूले १५ लाख पाउँछन् त्यसमाथि कर पनि व्यवस्थापनले तिरिदिन्छ।
तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन्। नेपाली पाइलटले कर आफैंले तिर्दै आएका छन् ।
पछिल्लो समय जानकारी नै नदिई वर्षको अन्तिमतिर शुन्य तलब दिएको र यो वर्ष सुरूदेखि नै एड्भान्सको नाममा १ लाख रुपैयाँ काट्दै आएको स्रोतले जानकारी दिए ।
स्रेतकाअनुसार तलबमा पनि विदेशी र नेपालीबीच ठूलो खाडल छ। विदेशीले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्