काठमाडौँ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको करप्सन पर्सेप्सन इन्डेक्स (सीपीआई २०१९) ले नेपालमा भ्रष्टाचार ३४ अंकका साथ १ सय १३ औं स्थानमा उक्लिएको छ । गत वर्ष नेपाल ३१ अंकसहित १ सय २४ औं स्थानमा थियो।
यो तथ्यांक ट्रान्सपरेन्सीले हालै जर्मनीको बर्लिनमा सार्वजनिक गरेको हो। तथ्यांकअनुसार यस पटक डेनमार्क र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा परेका छन् ।
दुवै देशले १०० मा ८७ अंक पाएका छन् । सोमालिया भने ९ अंक पाएर विश्वकै बढी भ्रष्टाचार हुने देशको सूचीमा परेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्