धादिङ । मंगलबार राति खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा बसिरहेको अवस्थामा सान्ता तामाङ र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार बाट सान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भिर घाइते भएका छन् ।
घाइते तामाङका अफन्तका अनुसार उनलाई बुधबार बिहान काठमाडौस्थित ग्रीन सिटी अस्पताल ल्याइएको छ । तामाङको टाउको र घाँटीमा गम्भिर चोट लागेको उनको हो ।
गतराति आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक समुहमा आएर खुकुरी र ढुंगामुढा प्रहार गरेको पीडितका आफन्तहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यलय धादिङका अनुसार दुई समुहको आपसी विवादको कारण झडप भएको र घटनामा संलग्न नेत्रावती डब्जोङ १ मार्पाकका राम तामाङ र रोशन तामाङलाई पक्राउ गरेको हो ।
धादिङ क्षेत्रमा पेसेवर गुण्डागर्दीमा संलग्न रहेका अशोक तामाङको निर्देशनमा उनिहरुमाथि आक्रमण भएको पीडितका आफन्तहरुले बताएका छन् । घटनामा संलग्न राम तामाङ विभिन्न आपराधिक घटनामा संलग्न रहँदै पटकपटक पक्राउ समेत परिसकेका व्यक्ति हुन् ।
आफ्नो प्रतिकृया दिनुहोस्