कास्की । पोखराको भण्डारढिक रंगशालामा गण्डकी प्रदेश सांसद राजीव गुरुङ ९दीपक मनाङे) ले मंगलबार कास्की जिल्ला फुटबल संघका अध्यक्ष मीलन गुरुङ लाई मुक्का प्रहार गरेका छन् ।
मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटन अघि दुईबीच भनाभन भएको थियो। सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने व्यवस्था नगरेको विषयमा आयोजकलाई प्रश्न गरेका थिए।
भनाभन हुँदै गर्दा सांसद मनाङेले आफूमाथि मुक्का र लात्ती प्रहार गरेको मीलन गुरुङले बताए। आयोजक अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश लिग समितिका उनी कोषाध्यक्ष हुन्। ‘अर्को खेलमा आएको टिमलाई ४–५ दिनअघिबाट राख्न सकिँदैन,’ उनले भने, ‘हामीले आज ९मंगलबार०बाट राख्छौं भन्दा ममाथि हातपात भयो।’ सांसद मनाङेले गुरुङलाई हातपात गरेको स्वीकारे।




























आफ्नो प्रतिकृया दिनुहोस्