संखुवासभा । सभापोखरी गाउँपालिका–४ बाट प्रहरीले बमसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मादी नगरपालिका–५ का सोमबहादुर तामाङ रहेका छन् । उनलाई विस्फोटक पदार्थ बनाउने स्थानबाटै प्रहरीले पक्राउ गरेको बताइएको छ ।
विस्फोटक पदार्थ निर्माण गरिरहेका तीन जनामध्ये दुई जना भाग्न सफल भएका छन् भने तामाङ पक्राउ परेका छन् । प्रहरीले स्थानीय देउमान राईको गोठमा राखेको प्रेसरकुकर बम, सकेट बम, सुतली बम र दुई प्रकारका डेटोनेटर समेत बरामद गरेको छ ।
यस्तै विद्युतीय धराप थाप्न प्रयोग हुने तार समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय खाँदबारी लगिदै छ ।
आफ्नो प्रतिकृया दिनुहोस्