मकवापुर । थाहा नगरपालिका ४ दामनस्थित एभरेष्ट पानारोमा होटलमा बेहोस अवस्थामा भेटिएका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भारतको केरला क्षेत्रबाट नेपाल घुम्न आएका आठ जना पर्यटकको मंगलबार बिहान मृत्यु भएको हो ।
जाडो भएपछि राति हिटर तापेर सुतेका उनीहरू बिहान अचेत अवस्थामा फेला परेको हो । दामनको एभरेष्ट पानारोमा होटलमा बसेका उनीहरू बिहान अचेत अवस्थामा फेला परेका थिए ।
मृत्यु हुनेहरुमा भारतको केरला बस्ने ३८ वर्षीय रन्जित कप, सोही ठाँउ बस्ने ३४ वर्षीय ईन्द्र, ३७वर्षीय प्रबिण, ३२ वार्षीैया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीया बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय मकवाजुरले जनाएको छ ।
उनीहरूलाई हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्