काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पाट्री (नेकपा)का सांसद अग्नि सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दिएका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर सापकोटाले मध्याह्न सभामुखमा उम्मेदवारी दर्ता गराएक हुन् ।
सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन् भने समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मललाल कर्ण रहेका छन्। सत्तारुढ नेकपाका तर्फबाट सापकोटा सभामुख बन्न लागेका हुन् ।
आफ्नो प्रतिकृया दिनुहोस्