काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौं-१६ को हाइवे लिंक प्रालि तथा रोज इन्टरप्राइजेजका सञ्चालक फिरोज मास्केसहित छ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।
नक्कली भ्याट बिल प्रकरणमा मास्के, जनार्दन भण्डारी, भाइराजा श्रेष्ठ, देवराज अधिकारी, अभिषेककुमार आचार्य र सूर्चन श्रेष्ठविरूद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूलाई १२ करोड ६५ लाख बिगो, बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद माग्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ।
विभागका अनुसार उनीहरूले मालवस्तु तथा सेवा खरिद नै नगरी झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजकमात्र खरिद गरेर राजस्व नतिर्ने प्रपञ्च र जालसाजी गरेको अनुसन्धानबाट खुलेको छ।
उनीहरूले लाभांश करतर्फ ७५ लाख ९७ हजार २०५, आयकर सात करोड ७१ लाख २ हजार ३२ र र मूल्य अभिवृद्धि कर चार करोड १० लाख ३९ हजार ३१३ छलेको विभागको दाबी छ।
आफ्नो प्रतिकृया दिनुहोस्