काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको हो ।
सभामुखमा उम्मेदवारी दिने निर्णय भएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसका लागि हाम्रो पार्टीको तर्फबाट उपसभुमुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय भएको छ ।’
आफ्नो प्रतिकृया दिनुहोस्