काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट ७६० ग्राम सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद तोसिद रहेका छन् । थाई एयरलाइन्सबाट टीआईएमा उत्रिएका तोसिदलाई सुनसहित नियन्त्रणमा लिइएको अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तोसिदले शंकास्पद व्यवहार देखाएपछि नियन्त्रणमा लिइ काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्दा मलद्वारमा लुकाएको सुन भेटिएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्