एजेन्सी । इरानी सर्वोच्च नेता अयोतोल्ला अलि खामेनीले यस क्षेत्रमा अमेरिकी उपस्थिति स्वीकार्य नहुने बताएका छन् ।
बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकी आक्रमणमा ज्यान गुमाएका सैन्य कमान्डर जनरल कासिम सुलेमानीको प्रशंसासमेत गरेका थिए ।
उनले सुलेमानीलाई ‘साहसी’ को संज्ञा दिँदै उनमा कुनै डर नभएको बताएका थिए ।
खामेनीलाई राष्ट्रका नाममा सम्बोधन गरिरहँदा त्यहाँ उपस्थित मानिसहरुले आँशु झारिरहेका थिए भने आफ्नो सैन्य कमान्डर गुमाएकोमा आक्रोससमेत व्यक्त गरिरहेका थिए ।
उनले भने, ‘‘सुलेमानीको मृत्युको अर्थ क्रान्ति जीवित छ’’ भन्ने हो । सर्वोच्च नेता खामेनीले अमेरिकालाई चेतावनी दिँदै भने, ‘‘यदि तिमीले आक्रमण थाल्यो भने त्यसको जवाफ हामी अवश्य दिनेछौं ।’’
उनले थपे, ‘‘तिनीहरुलाई यो थाहा छ कि यदि उनीहरु यस युद्धमा सहभागी भए सैन्य हतियारसहित आए भने उनीहरु अवश्य ट्र्यापमा पार्नेछन् । उनीहरुलाई हामीलाई क्षति पुर्याउन सक्नेछन्, तर हामीभन्दा धेरै नोक्सानी उनीहरुकै हुनेछ भन्ने उनीहरुले महसुस गरेका छन् ।’’ सीएनएन
आफ्नो प्रतिकृया दिनुहोस्