डोटी । डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका– ७, पाकरीकी ८१ वर्षीया जमुनादेवि विष्ट मृत अवस्थामा फेला परेको डोटी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १६ गते सोही नगरपालिकाको वडानम्बर ५ स्थित बागठाटा नातिनीकोे घर जान्छु भन्दै हिँडेकी थिइन् । नातिनीको घर जान भन्दै हिँडेकी उनी बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
खोजीका क्रममा उनी बागठाटा सामुदायिक वनको द्वारीखोलामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको भीरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्