सर्लाही । बरथवा नगरपालिकाबाट सुदखोर रामबाबु यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो उनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
चर्को ब्याज लिने र ऋण दिएको रकमभन्दा तीन गुणाबढीको तमसुक बनाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यादवका कारण सर्लाही र त्यस आसपासका एक हजारभन्दा बढी परिवार पीडित भएको प्रहरीको भनाइ छ ।
आफ्नो प्रतिकृया दिनुहोस्