एजेन्सी । क्यारेबियन टापुको पोर्टो रिकोमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ।
अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार मंगलबार पोर्टो रिकोको दक्षिण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।
सोमबारमात्रै अमेरिकाको सीमाना क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५।८ म्याग्निच्युड भूकम्प गएको थियो। जसकारण पाँच घर भत्किनुका साथै पहिरो समेत गएको थियो। मंगलबारको भूकम्पको क्षति विवरण भने नआइनसकेको एपीले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्