एजेन्सी । बेलायतमा १५९ वटा यौन अपराधमा संलग्न भएका एक व्यक्तिको पहिचान प्रहरीले सार्वजनिक गरेको छ।
१५९ मध्ये १३६ वटा बलात्कारमा संलग्न भएका रिनहार्ड सनागा नामका इण्डोनेशियाली व्यक्तिको पहिचान सार्वजनिक गरिएको हो।
यसअघि नै २ वटा मुद्दामा दोषी ठहरिएपछि सनागा आजीवन जेल सजायँ काटिरहेको छ। उसलाई १३६ वटा बलात्कार, ८ वटा बलात्कारको प्रयास र १४ अन्य अपराधको मुद्दामा दोषी ठहर गरिएको छ।
सनागाले १९० जना मानिसलाई निशाना बनाएको प्रमाण पाइएको प्रहरीले जनाएको छ। अनुसन्धानबाट सनागाले समलैंगिक नभएका मानिसलाई निशाना बनाउने गरेको पाइएको छ।
प्रहरीका अनुसार बेलायतको न्यायिक इतिहासमा सनागा सम्भवतः सबैभन्दा खतरनाक बलात्कारी हो। सोमबार अदालतको सुनुवाइका क्रममा न्यायाधीश सुजैन गोडार्डले सनागालाई रिहा गर्नु खतरनाक हुने बताउँदै उसलाई आजीवन जेल सजायँको सुनाएका थिए र कम्तीमा पनि ३० वर्ष जेलमा राख्न आदेश दिएका थिए।
सनागा नाइट क्लब र बारबाहिर बसेर त्यहाँबाट निस्कने पुरुषलाई कुथ्र्यो, र रक्सी खुवाउने या ट्याक्सी बोलाइदिने लोभ देखाउँदै आफ्नो प्mल्याटमा लैजान्थ्यो।
बलात्कारअघि उसले आफ्नो शिकारलाई बेहोसीको औषधि दिन्थ्यो र बलात्कार गथ्र्यो। अधिकांश पीडित बिउँझेपछि आफूलाई के भयो भनेर थाहै पाउँदैनथे।
पक्राउ पर्नुअघि सनागा युनिभर्सिटी अफ लिड्समा पिएचडीको विद्यार्थी थियो र कैयौं वर्षदेखि पुरुष बलात्कारमा संलग्न थियो।
उसले शिकार बनाएका एक व्यक्ति बलात्कारका क्रममा होसमा आएपछि प्रहरी बोलाएका थिए र सनागालाई जुन २०१७ मा पक्राउ गरिएको थियो।
प्रहरीले उसको मोबाइल फोन अनुसन्धान गर्दा चकित पर्यो, जहाँ उसले बलात्कारका क्रममा बनाएका सयौं घण्टाको भिडियो थिए। यही भिडियो बेलायतको इतिहासमा बलात्कारको सबैभन्दा ठूलो अनुसन्धानको प्रमाण बन्यो।
प्रहरीका अनुसार सनागाले पीडितलाई बेहोस बनाउन निकै खतरनाक प्रतिबन्धित लागूऔषधको प्रयोग गथ्र्यो।
बेलायती गृहमन्त्र प्रिति पटेलले यस्ता लागूऔषधको प्रयोग गरिनु निकै चिन्ताजनक भएको बताएकी छन्।
सनागाले भने आफू निर्दोष भएको दाबी गर्दै सबै पुरुषले सहमतिमै सम्बन्ध बनाएको बताएको छ।
सनागाबाट पीडित कैयौं पुरुषहरुको म्यानचेस्टरस्थित सेन्ट मेरी सेक्सुअल एसल्ट रेफरल सेन्टरमा काउन्सिलिङ भइरहेको छ। बीबीसीबाट
आफ्नो प्रतिकृया दिनुहोस्