झापा । बिर्तामोड नगरपालिका-५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-५ बस्ने ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका-४ बस्ने २५ वर्षीय किरण खवास रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्