रुपन्देही । तिलोत्तमा नगरपालिका-३ जानकीनगरबाट अवैध लागूऔषध चरेश करिब १५ केजी सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गुल्मी रेसुङगा नगरपालिका-८ बस्ने २७ वर्षीय संजय राउत र सोही ठाउँ बस्ने ३२ वर्षीय पदम थापा रहेका छन् ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्