-दया दुदराज
काठमाडौं । काठमाडौं राजधानी, एक व्यस्त सहर जहाँ नेपालका अधिकांस मानिसहरुको बसोवास रहेको छ । यो व्यस्त शहरमा विहान बेलुका हातमुख जोड्नको लागि गरिने दौडधुप, यहीँ दौडधुपमा दिनानुदिन कसले कसलाई कति ठगी गरीरहेको छ भन्ने कुनै मोल छैन । त्यही व्यस्त सहरको ठुलो ठग जसलाई नेपालको नटवारलाल ठग भन्दा कुनै फरक पर्दैन जसले आफुलाई विभिन्न व्यक्तिको परिचय दिएर लाखौँ रकम ठगी गर्दै आएको खुलासा भएको छ ।
लुम्वीनी अन्चल नवलपरासी जिल्ला गेरमि गा वि स बडा न ९ बस्ने ५० वर्षीय राजेश कहार आफुलाई मुन्ना भाई को मान्छे (सासंद देब्रेन्दराज कडेल) हु भन्दै बिभिन्न ब्यक्ति लाई आफु प्रहरी हेडक्वार्टर मा काम गर्ने प्रहरी निरिक्षक हु भन्दै राष्ट्रीय अनुसंधान मा जागिर लगाई दिने , सरूवा गर्दिने ,प्रहरी र सशस्त्र को मिसन मा पठाइदिने भन्दै कयौ ब्यक्ति लाई ठगी गर्दै आएका छन् ।
कहरले बिभिन्न व्यक्तिहरुलाई जग्गा ब्यापारी हु भन्दै अर्काको जग्गा देखाएर बैना लिने र फरार हुने गर्छन भने कसैलाई मैले टिचिङ र वीर मा ठुलो मान्छे चिनेको छु भन्दै एमविविएस र एमडी मा नाम निकाल्छु भनि पैसा लिने गरेको खुलासा भएको छ ।
नवलपरासिमा एक ब्यक्ति लाई जग्गा देखाएर १० लाख लिए जग्गा पास नगरे पछी उनलाई प्रहरीले पक्राउ गरी अदालत मा पेश गर्दा कहरलाई कपिलवस्तु अदालतले १० लाख धरौटीमा छाडेको थियो ।
केही समय अघि अनुसन्धान प्रहरीमा जागिर लगाई दिन्छु भन्दै पैसा ठगे पछी उनलाई बौद्धमा पक्राउ गरेको हो तर उच्च पहुंचका कारण मुद्दा सामसुम पारेको पिडितहरुको भनाई छ ।
उनले पाहाड तिरको जग्गा काठमाडौ बासी लाई चाहियो तपाई लाई काठमाडौ मा राम्रो जग्गा मिलाई दिन्छु भन्दै पाहाड को जग्गा को लालपुर्जा लिने र काठमाडौ को जग्गा देखाई सोझा साझा ब्यक्ति सँग चेक लिने र गाएव हुने गरेको र पछी सोही चेक बाउन्स गराई गाउको जग्गा र चेक दिने व्यक्तिहरुलाई उल्टै मुद्दा हालि उनिहरुको जग्गा लिदै हिडने गरेको पिडितहरुको भनाई छ ।
नहरले हाल कालिमाटी ,बल्खु एरियामा रक्सि होलसेल गरी बस्ने गरेको एक पिडित बताउछन । उनि कसैलाई म आर्मी चिफ को मान्छे हु भन्दै हिड्ने गरेका छन त कहिले प्रहरी हु भन्दै हिड्ने गरेका थिए ।
उनको चन्गुलमा धेरै मानिस परिसकेको धनुषा का एक पिडित बताउछन पैसा सापटी माग्छन सोही ब्यक्ति को आइ कार्ड प्रयोग गरेर पैसा निकाल्छन र पछि पैसा माग्दा के प्रमाण छ म प्रहरी हू भन्दै धम्काउदै हिड्छन ।
उनको बिरूद्ध मा बिभिन्न ठाउमा अक्तियार ,सर्तकता केन्द सम्पत्ति शुद्धिकरणमा उजुरी छ भने कपिलवस्तु अदालतमा १० लाख ठगी ,पोखरा उच्च अदालत ,काठमाडो जिल्ला अदालत मा ५५ लाख ठगीको मुद्दा भएता पनि उनलाई कारवाही गर्ने कुरो भने कुनै निकायले पनि चासोँ नदिएको पिडितहरु वताउछन् ।
कहरलाई बिभिन्न मेडिकल कलेज मा एम बि बि एस भर्ना गराउछु भन्दै मानिसहरू लाई ठगि गरिरहेका समेत खुलासा भएको छ ।
केही समय अधि आफुले वीर अस्पताल को भि सी र कर्मचारी हरु चिनेको छु भन्दै डा मनोज शाह सँग पहिले चेक लिएका थिए र पछी मैलै चेक घरैमा बिर्सेछु तुरन्त पैसा चाहियो भन्दै ६० लाख मागेको थियो सप्तरीका डा मनोज कुमार शाह लाई ६० लाख ठगेका थिए पछी उनले पैसा नतिरे पछी काठमाडौ जिल्ला अदालतले उनलाई जरिवाना सहित कैद सजाए सुनाएको थियो उनि हाल कैद सकेर बाहिरै भए पनी डाक्टर साह को पैसा हाल सम्म तिरेका छैनन भने उल्टै शाहलाई चेक बाउंस मा मुद्धा हाली दुःख दिई रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्