काठमाडौं । कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकोट नगरपालिकाको दैजीमा स्थानीयले सडकमा टायर बाल्दै सडक अवरुद्ध पारेका छन् । उनीहरुले दोषीलाई कारबाहीको र क्षतिपूर्तीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् ।
मंगलबारराति कृष्णपुर नगरपालिका ५ आमखैया जंगलमा भारतीय युपी १७ एटी १०६६ नम्बरको मिनीबसले म २ प ९०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा चालक वेदकोट ३ का ४४ वर्षीय जयबहादुर रानाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्दले दुर्घटनापछि मिनी बस र चालकलाई नियन्त्रण लिईसकेको जानकारी दिए ।
आफ्नो प्रतिकृया दिनुहोस्