काठमाडौं । जम्मु काश्मीरमा गोली चल्दा दुई भारतीय सेनाको मृत्यु भएको छ ।
लाइन अफ कन्ट्रोलमा बुधबार पाकिस्तानतर्फबाट हानेको गोली लागेर दुई भारतीय सेनाको मृत्यु भएको हो ।
नाउशेरा क्षेत्रमा दुईजना भारतीय सैनिकले सर्च अपरेसनका क्रममा पाकिस्तानतर्फबाट उनीहरुमाथि गोली प्रहार भएको डीएनए इन्डियाले जनाएको छ ।
सो क्षेत्रमा शंकास्पद आतंकवादी गतिविधि हुन लागेको भन्ने सुचनाका आधारमा सर्च अपरेसन सुरु गरिएको थियो । लामो समयदेखि विवादित जम्मु काश्मीरको लाइन अफ कन्ट्रोलमा दुवै पक्षबाट गोली हानाहान भने अझै रोकिएको छैन ।
आफ्नो प्रतिकृया दिनुहोस्