काठमाडौँ । बुधबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन मार्फत नेपाल भ्रमणको निम्तो दिएका छन् ।
टेलिफोन मार्फत प्रधानमन्त्री ओली र मोदीबिच भएको कुराकानीमा नयाँ बर्ष २०२० को शुभकामना आदानप्रदान समेत भएको थियो ।
प्रधानमन्त्री ओलीले सामाजिक संजालमा ट्वीट गर्दै आफु र भारतीय समकक्षी बिच टेलिफोन सम्पर्क भएको बताएका छन् । ‘श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो’, उनले लेखेका छन्, ‘हामीले नयाँ बर्ष २०२० को शुभकामना आदानप्रदान गर्यौँ ।’
समग्रमा २०१९ राम्रो र फलदायी भएको तथा नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुगेको प्रधानमन्त्री ओलीले बताएका छन् । बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउनका लागि सन् २०२० सफल रहने दुवै प्रधानमन्त्रीले विश्वास लिएको उनले बताएका छन् ।
टेलिफोन सम्पर्कमार्फत प्रधानमन्त्री ओलीले नेपाल भ्रमण बर्ष २०२० को अवसरमा मोदीलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै भ्रमणको निम्तो दिएका हुन् ।
आफ्नो प्रतिकृया दिनुहोस्