काठमाडौं । उच्च अदालत पाटनको २०७५ असार १२ गतेको फैसलाले ठगी मुद्दामा ६५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका कसुरदार काठमाडौं महानगरपालिका-२७ बस्ने ४१ वर्षीय देव नारायण महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
सजाय वेरुजु रही लुकीछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं असनबाट उनलाई पक्राउ गरेको हो ।
२०७३ असार १४ गते महर्जनले पीडितहरुलाई अन्यत्रको जग्गा देखाई बेचेको र भोगचलन गर्न जाँदा उक्त जग्गा अर्को व्यक्तिको नाम भएको अनुसन्धानबाट खुल्न आएको थियो ।
महर्जनलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले आवश्यककारवहीको लागि नख्खु कारागार पठाइएको उक्त व्यूरोले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्