मोरङ । वेलबारी नगरपालिका-५ कसेनी रामपुरबाट कटुवा पेस्तोल १ थान, गोली २ थान,सिमकार्ड १८ थान, मोबाइल ८ थान र विभिन्न पम्पेलट २ हजार १ सय थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुन्दरहरैचा नगरपालिका-१० बस्ने कृष्ण चौलागाई भन्ने ५० वर्षीय नरेश चौलागाई, विराटनगर महानगरपालिका-८ बस्ने ३० वर्षीय क्षितिज पौडेल र पथरी शनिश्चरे नगरपालिका-३ सिद्धार्थ टोल बस्ने ५६ वर्षीय चिरन्जिवी धिताल रहेका छन् ।
उक्त स्थानमा हातहतियार सहित उनिहरूले चन्दा असुल गरी हिडेको भन्ने सूचना प्राप्त हुनासाथ
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सुनसरी(मोरङ आयोजनाको नहर छेउ केराघारीमा लुकाई राखेको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो।
साथै पक्राउ परेकामध्ये निज चौलागाई २०७६ भदौ २१ गते ईटहरी उपमहानगरपालिका(९ स्थित गोदावरी स्कुलको कम्पाउण्डमा र २०७६ भदौ २३ गते झापा विर्तामोड नगरपालिका(२ चारपाने चोकस्थित सहारा नेपाल सहकारी संस्थामा भएको बम बिष्फोटन घटनामा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्