ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका_२ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्र बहादुर बस्नेतलाई हातहतियार तथा विष्फोटक पदार्थ बनाउने सामान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको घर खानतलासी गर्दा ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, ३ फिट ८ ईन्च लम्बाईको सेफ्टि फ्युज वायर, टाईम सेटिङ डिभाईस जस्तो वस्तु ३ थान, रिमोट कन्ट्रोल ३ थान, ब्याट्री सेट २ थान, जिलेटिन ४५ थान र कटुवा पेस्तोल १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्