काठमाडौं । अमेरिकाको कोलोराडोस्थित एक बैंकबाट १० हजार डलरका बन्डल लुटेर बाहिर निस्किएर ‘मेरी क्रिसमस’ भन्दै रकम हावामा उडाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
ती व्यक्ति ६५ वर्षीय डेभिड वायने ओलिभर भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो उनले हतियार प्रयोग गर्न सक्ने भन्दै धम्क्याएर रकम लुटेका थिए ।
बाहिर निस्केर उनले रकमको बन्डल आकाशतिर फाल्दै ुमेरी क्रिसमसु भनेका थिए । उनले फालेको रकम स्थानीयले जम्मा गरेर बैंकमा बुझाएका थिए । प्रहरीले निज व्यक्तिलाई स्थानीय कफी सपबाट पक्राउ गरेको थियो ।प्रहरीले उनलाई भोलि बिहीबार स्थानीय अदालतमा लग्ने बताइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्