बारा । जिल्ला अदालतको मिति २०४४/०२/२२ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा रु-२,५००।-जरिवाना ठहर भई फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कोल्हवी नगरपालिका-१ बस्ने कारी खवास चौधरी थारू र रामेश्वर मैनालीलाई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गत पुस ६ गते ईलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा थारु र मैनालीलाई फेला पारी पक्राउ गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्