सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका वडा नं। २० लगडिगदियानीका कर्तब्य ज्यान मुद्धाका प्रतिवादी ३८ वर्षीय हिरवा सहनिलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुासार प्रतिवादी सहनिलाईअर्नमा गाँउपालिका-५ मा बस्ने जगदेव यादवको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हिरवा सहनी समेत भएको मिति २०४४।०९।१३ गते अर्नमा गाँउपालिका-५ स्थित घरमा राम नाथ यादव र राम चन्द्र यादवलाई गोली हानी कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्धामा फरार रहेका थिए ।
मिति २०४४।०९।१७ गते सिरहा नगरपालिका-१९ स्थित गागन खोलामा ५/६ महिनाकी जाहेरवालाको नातिनीलाई कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्धामा मिति २०६०-१०-२८ गतेको जिल्ला अदालत सिरहाको फैसलाले लगत नं।२२२० मा १० बर्ष र लगत नं। २२२३ मा २० बर्ष गरी जम्मा ३० बर्ष कैद सजाय भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्