काठमाडौं । आइतबार नेपाल प्रहरीको विशेष ब्यूरोले बूढानीलकण्ठबाट विप्लव नेतृत्वको नेकपाका पाँच जना नेता बम बनाउँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।
एउटै कोठामा बसेर बम बनाउँदै गरेको अवस्थामा नेकपा युवा संगठनका केन्द्रीय सचिव शिशिर भनिने सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकिल घर्तीमगर, सुलुखुम्बुका इन्चार्ज त्रिलोचन विक र दुर्गाबहादुर तामाङ लाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट विस्फोटक पदार्थ, पेस्तोल, गोली, प्रेसर कुकर बम, बम बनाउन प्रयोग हुने कच्चा पदार्थ पनि बरामद गरेको हो ।
प्रहरीका अनुसार वैदेशिक रोजगार व्यवसायी संघका तत्कालीन अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराउने मुख्य योजनाकारका रुपमा शिशिर भनिने सञ्जीव लामा थिए ।
गत २४ फागुन २०७५ मा गुरुङको घरमा शक्तिशाली बम विस्फोट गराउने मुख्य योजनाकार शिशिर भनिने संजिव लामा रहेको प्रहरीको दाबि छ ।
आफ्नो प्रतिकृया दिनुहोस्