नुवाकोट । बेलकोटगढी नगरपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पौष ३ गते लैङ्गिक हिंसा बिरुद्दको सचेतनामुकल अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नुवाकोट जिल्ला कै दुर्गम नगरपालिका रुपमा रहेको बेलकोट गढिको प्रहरी चौकी बागखोरका ईन्चार्ज प्रहरी हवलदार प्रेम कुमार दुतराजको कमान्डमा गरिएको कायक्रममा स्थानीयहरुको ठुलो भेला भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
देशव्यापी रुपमा संचालन भई रहेको सामुदायी प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी बागखोरका ईन्चार्ज प्रेम कुमार दुतराजको कमान्डमा हालसम्म महिला हिसां, घरेलु हिसां, लागु औषध , मानव बेचविखन, आत्महत्या लगायत समुदायलाई सकरात्मक प्रभाव पर्ने खालका १५ वटा जनचेतनामुलक कार्यक्रम सम्पन गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्