काठमाडौं । लाहौर उच्च अदालतले पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई फाँसीको सजाय सुनाइएको छ । उनलाई देशद्रोहको आरोपमा फाँसीको सजाय सुनाएको हो ।
केही दिनअघि मुसर्रफले एक भिडियो जारी गर्दै आफ्नो खराब स्वास्थ्यको हवाला दिँदै जाँच आयोगलाई आफ्नो अवस्था कस्तो छ भनेर आएर हेर्न आग्रह गरेका थिए । मुसर्रफ हाल पाकिस्तानमा छैनन् । उनी दुबईमा उपचार गराइरहेका छन् ।
संविधानको अवहेलना र गम्भीर देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘यो विषय मेरो विचारमा पूरै निराधार हो । देशद्रोहको कुरा छोडौं, मैले त देशको धेरै सेवा गरेँ, युद्ध लडेँ, १० वर्षसम्म देशको सेवा गरेँ ।’लाहौर उच्च अदालतको तीन सदस्य इजलासको बेन्चले यो फैसला सुनाएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्