सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । उपचारको क्रममा थप एकको मृत्यु भएपछि मृतकको संख्या १५ पुगेको हो । मृतकमध्य १२ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
आइतबार बिहान दोलखाको कालिञ्चोक दर्शन गरि फर्किएको बा बा २ ख बा २ ख ४४६८ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु जिरी सडकको पाँच किलोबाट खसेर दुर्घटना हुँदा १२ जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो । अन्य तीनको भने उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरुको नाम:-
- जुगल गाउँपालिका–७ सिन्धुपाल्चोकका २८ बर्षीय सुकबहादुर तामाङ
- जुगल गाउँपालिका–७ सिन्धुपाल्चोकका ६० बर्षीया सबिना तामाङ
- दोलखा भीमेश्वरकी जुनुमाया तामाङ
- भीमेश्वर–९ , दोलखाकी ४२ बर्षीया रामशरण खत्री
- भीमेश्वर–९, दोलखाकी मैया खत्री
- लिसंखुपाखर– ४ की ५३ बर्षीया गंगामाया लामा
- जुगल–७ याङलकोटकी ७ बर्षीया सबना तामाङ
- जुगल–७ याङलकोटकी ३० बर्षीया रेश्मा तामाङ
- जुगल गाउँपालिकाकी २८ बर्षीया मञ्जु तामाङ
- बलेफी गाउँपालिका–५ कि २७ बर्षीया फुलमाया तामाङ
- शैलुङश्वरी गाउपालिका फुस्कुका १० बर्षीय रञ्जित बस्नेत
- रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ
- भक्तपुरको सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत
दुर्घटना घाइतेहरुको नामावली:-
- आयुषा तामाङ
- धनकाजी तामाङ
- रञ्जीता तामाङ
- हरिमाया तामाङ
- दोर्जे तामाङ
- सागर तामाङ
- दिपक तामाङ
- नैना तामाङ
- सहचालक गिपलव तामाङ
- भक्तपुरका सागर केसी
आफ्नो प्रतिकृया दिनुहोस्