काठमाडौं । प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् । दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छ ।
पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् । ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्