काठमाडौं । सुनवर्सी नगरपालिका ९ भेडुवाथानको मुन्ना होटलमा सुनवर्सी नगरपालिका ९ भेडुवाथान बस्ने ४१ वर्षीय लेल्लु कुमार सुतिहारलाई सुनवर्सी नपा ५ बस्ने वर्ष २८को धर्मेन्द्र दासले चक्कु प्रहार गरेका छन् ।
प्रहरीका अनुसार सामान्य बिषयमा बादबिवाद हुदा सब्जी काट्ने चक्कु प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुन साथ ईप्रका रंगेलीबाट प्रनानिको टोली खटिगई घाईतेलाई उपचार को लागी रंगेली अस्पताल पुर्याएको हो ।
रंगेली पठाएको घाईतेको बाँया आँखा माथि चोट अवस्था सामान्य चक्कु र चक्कु प्रहार गर्ने मानिस इप्रका रंगेली को नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्