काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ पदक हासिल गर्न सफल भएका छन् ।
प्रतियोगितामा प्राप्त पदकमध्ये करातेतर्फ ७ , तेक्वान्दोतर्फ ४ , भारोत्तोलनतर्फ २ , उसुतर्फ १ , बक्सिङतर्फ १ र पुरुष फुटबलतर्फ १ गरी कुल १६ स्वर्ण पदक हात पारेको हो ।
यसैगरी करातेतर्फ ३ , जुडोतर्फ ३ , तेक्वान्दोतर्फ २ , महिला भलिबलतर्फ १ , टेबुल टेनिसतर्फ १ , कुस्तीतर्फ १ , महिला फुटबलतर्फ १ , महिला कबड्डीतर्फ १ र महिला बास्केटबलतर्फ १ गरी कुल १४ रजत पदक प्राप्त भएको छ । साथै भारोत्तोलनतर्फ ७ , जुडोतर्फ ५ , तेक्वान्दोतर्फ ५ , टेबुल टेनिसतर्फ ४, करातेतर्फ ३ , ब्याडमिन्टनतर्फ १ र पुरुष क्रिकेटतर्फ १ गरी कुल २६
कास्य पदक प्राप्त भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।
उक्त प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध ८४ जना खेलाडीहरु विभिन्न खेलहरुमा सहभागी भएको समितिले जानकारी दिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्