काठमाडौं । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक आयोजना सम्पन्न भएको छ। सागको अन्तिम दिन मंगलबार पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ ।
१३ औँ सागमा पुरुष फुटबलमा स्वर्ण जितेसँगै नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरि जम्मा २०६ वटा पदकहरु हात पारेको छ ।
साग इतिहासमा नेपालले पहिलो पटक ५० भन्दा बढी स्वर्ण जितेको हो । नेपाल टिम उपविजेता बनेको छ भने भारत पुन १७४ श्वर्ण, ९३ रजत र ४५ कास्य गरि जम्मा ३१२ पदकका साथ टिम च्याम्पियन बन्न सफल भएको छ । सागमा कुन ३ सय १६ स्वर्णको लागि प्रतिस्पर्धा गरेको थियो ।
नेपालबाट स्वर्ण जित्ने खेलाडीको नामावली यस्तो छ:-
कराते :
- मण्डेकाजी श्रेष्ठ (एकल काता)
- मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर (टिम काता, पुरुष )
- निर्मला तामाङ, संगिता मगर, सरु कार्की (टिम काता ,महिला)–
- लक्ष्मण तामाङ (५५ केजी कुमुते)
- विप्लवलाल श्रेष्ठ (८४ केजीमाथि)
- कुसुम खड्का (४५ केजी मुनी)
- अनु अधिकारी (५० केजी मूनि)
- नवीन रसाइली (६७ केजी)
- सुनिता महर्जन (६८ केजी)
- अनुपमा मगर (६८ केजी)
तेक्वान्दो :
- कमल श्रेष्ठ (२३–२९ वर्ष पुम्से )
- सिना मादेन लिम्बु ( १७ –२३ वर्ष पुम्से )
- पार्वती गुरुङ (२३ –२९ वर्ष पुम्से )
- आयशा शाक्य (२९ वर्ष माथि पुम्से )
- आयशा शाक्य र सञ्जिकुमार पाण्डे (२९ वर्ष माथि पुम्से )
- निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७–२३ वर्ष टिम पुम्से)
- निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (महिला टिम २३–२९ वर्ष टिम पुम्से)
- काजल श्रेष्ठ (४६ केजी मुनि गेरुगी)
- वीरबहादुर महरा (६८ केजी मुनि गेरुगी)
- संगीता बस्याल (६२ केजी मुनि गेरुगी)
- सक्षम कार्की (८७ केजी गेरुगी)
- भुपेन श्रेष्ठ (८७ गेरुगी)
ट्रायथलन :
- सोनी गुरुङ
- हिमाल टमाटा
उसु :
- विजय सिन्जाली (थाउलो)
- सुस्मिता तामाङ (थाउलो)
- दीपक हमाल (थाउलो)
- निमा घर्तीमगर (थाउलो-नान्दौ)
- जुनी राई (सान्डा सान्सो)
एथलेटिक्स :
- सन्तोषी श्रेष्ठ (१० हजार मिटर)
- गोपीचन्द्र पार्की (५ हजार मिटर )
- किरण सिंह बोगटी (म्याराथन)
साइक्लिङ :
- राजेश मगर (डाउनहिल)
- निश्मा श्रेष्ठ (डाउनहिल)
- लक्ष्मी मगर (क्रस कन्ट्री)
- वुद्धि बहादुर तामाङ (क्रस कन्ट्री)
बक्सिङ :
- सनिल शाही (पुरुष ६० केजी)
- मिनु गुरुङ (महिला ४८ केजी)
- भुपेन्द्र थापा मगर (पुरुष ६४ केजी )
पौडी :
- गौरिका सिंह (२ सय मिटर फ्रिस्टाइल)
- गौरिका सिंह (४ सय मिटर फ्रिस्टाइल)
- गौरिका सिंह (२ सय मिटर ब्याकस्ट्रोक)
- गौरीका सिंह (१०० मिटर फ्रिस्टाइल)
भारोतोलन :
- सन्जु चौधरी (५९ केजी )
- विकास थापा (पुरुष ८९ केजी ताैल )
जुडो :
- पुनम श्रेष्ठ (महिला ७८ केजीमुनि)
- देविका खड्का (महिला ५२ केजी मुनि)
गल्फ :
- सुवास तामाङ (पुरुष एकल)
- सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की,निरज तामाङ (पुरुष टिम इभेन्ट्स )
फुटबल :
- पुरुष फुटबल
कुस्ती :
- संगीता धामी
आफ्नो प्रतिकृया दिनुहोस्