सिरहा । गोलबजार नगरपालिका वडा नं-९ मा रहेको मारुति सिमेन्ट फेक्ट्रीकी एक महिला कर्मचारीले फेक्ट्रिले अपमानित गरेको भन्दै हात्महत्या गरेकी छिन् ।
पुर्व पस्चिम राजमार्गमै रहेको मारुती सिमेन्ट फेक्ट्रीले प्रहरीबलको प्रयोगरी एक महिला कर्मचारीलाई र्दुव्यवहार गर्दा अत्महत्या गरेकी छन् । गत मंसिर छ गते गोलबजार नगरपालिका ९ घर भएकी अन्दाजी ४५ वर्षीया अनिता पासवानले मारुती सिमेन्ट फेक्ट्रीकै एक कर्मचारीले र्दुव्यवहार गरेको भन्दै आत्महत्या गरेकी हुन् ।
यस्तो छ घटनाक्रम :-
मारुती सिमेन्ट स्थापना कालको ८ वर्ष देखि नै स्थाई कर्मचारी भई कार्यरत पासवानले गत मंसिर ६ गते फेक्ट्री विरुद्ध आन्दोलन गरेकी थिईन् । कर्मचारी युनियनकी सदस्य समेत भईसकेकी अनिताले कर्मचारीको तलब कटौती गरेपछि आवाज उठाएकी थिईन् । मंसिर छ गते आन्दोलन गरेकी अनितालाई मंसिर २३ मा मात्र निलम्बन गरीएको हो ।
सोमबार अनितालाई निलम्बन गरिएको भन्दै सुचना टासिएको र आज फेक्ट्री भित्र पस्न खोज्दा सेक्युरीटि गार्डले प्रहरी बोलाएर धम्काई थर्काई अपमानित गरेपछि उनले आत्महत्या गरेको स्थानिय कर्मचारीले जनाएका छन् ।
मारुती सिमेन्टको फेक्ट्री विरुद्ध बोल्दा २ जना कर्मचारीलाई गत मंसिर ६ गते नै निलम्बन गरिएको थियो भने अनिता सहित सम्भा यादव, मोहन प्रशाद यादव, मिथिलेस यादव र विनोद महत्तोलाई स्पष्टिकरण गर्दै निष्कासन गरिएको हो ।
निलम्बीत भएपछि फेक्ट्रि जना खोज्दा प्रहरीबलको प्रयोग गरि अपमानित गरेकोले आत्महत्या गरेको भएता पनि फेक्ट्रिको अपमानकै कारण आत्महत्या गरेको भन्दै स्थानियहरुले यसलाई हत्या नै भनेका छन् ।
चार सन्तान भएकी आमा अनिताले आत्महत्या गरे लगत्तै मारुती सिमेन्ट फेक्ट्रीको अगाडि अन्य कर्मचारीहरुले टायर बालेर व्यवस्थापनलाई कार्वाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा प्रहरीबल समयमै आएता पनि सवारी साधनहरु बन्द भई त्याहाँको अवस्था नियन्त्रण वाहिर रहेको स्थानिय सम्वाददाताले जनाएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्