काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ । ५२ केजीमुनि महिला जुडोमा देवीका खड्काले नेपाललाई स्वर्ण दिलाएकी हुन् ।
श्रीलंका, भारत र बंगलादेशका खेलाडीलाई राउन्ड रोबिन लिगमा पछि पार्दै देवीका स्वर्ण पदक जित्न सफल भइन् ।१३औं सागमा नेपालले जुडोमा पहिलो स्वर्ण जितेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्