काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुदको ९साग० को सुरक्षा व्यवस्थाको अवलोकन तथा जानकारी लिनका लागि प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल पोखरा पुगेका छन् । मंसिर २२ देखि पोखरामा समेत शुरु भएको सागको सुरक्षा व्यवस्थाको बारेमा बुझ्नका लागि महानिरिक्षक खनाल आइतबार पोखरा पुगेका हुन् ।
पोखरा पुगेर उनले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक विनोद शर्मा घिमिरे शर्मा घिमिरेसँग खेल प्रतियोगिता, खेलाडी, प्रशिक्षक, दर्शक, सवारी आवागमन लगायतका विषयमा समेटिएको सुरक्षा रणनीतिबारे छलफल गरेका थिए । छलफलमा प्रदेश प्रहरी प्रमुख विनोद शर्माले सुरक्षा व्यवस्थाको बारेमा ब्रिफिङ गराएका छन् ।
महानिरिक्षक खनाले गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय नरदेवि पुन मगरको अध्यक्षतामा सम्पन्न सम्पन्न सुरक्षा विशेष अन्तरक्रिया कार्यक्रममा समेत सहभागी भएका थिए ।
महानिरिक्षक खनालले पोखरा रंगशालाको समेत स्थलगत अवलोकन गरि प्रतियोगिताको सुरक्षार्थ स्थापना भएको नेपाल प्रहरी कमाण्ड पोष्ट र प्रतियोगिता अन्तर्गत अन्य खेलकुद हुने स्थानको समेत अवलोकन गरी साग लाई सफल पार्न हर९प्रहर सुरक्षा व्यवस्था मिलाउन निर्देशन समेत दिएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्