काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि विद्यार्थीको प्रदर्शन नियन्त्रणबाहिर गएपछि कोहलपुरमा कर्फ्यू लागेको छ ।
आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुलमा ट्रकको ठक्करबाट बालिका भएकी थिईन । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका थिए। आगजनीपछि प्रहरीले बल प्रयोग गरेपछि तनाव सिर्जना भएको थियो आन्दोलन नियन्त्रीन नभएपछि प्रहरीलेअश्रुग्याँसको प्रयोग गरेको हो ।
प्रहरीले अश्रुग्याँस प्रयोग गरेसँगै आन्दोलनकारीहरुले आक्रमण गरी ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक हेम शाहि घाईते भएका छन् । घाईते शाहिलाई उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ । अहिले कोहलपुरको स्थिती नियन्त्रण बाहिर रहेकोले कोहलपुरमा कफ्र्यु लगाएको हो ।
लाठी चार्ज र अश्रु ग्यास प्रहारपछि पनि आन्दोलन नियन्त्रणमा नआएपछि प्रहरीले कर्फ्यू जारी गरेको हो । कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागू हुनेगरी कर्फ्यू लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त भट्टराईले जानकारी दिए । विद्यार्थीले ट्रकसमेत जलाएका छन् । यस्तै, हवाई फायरिङका क्रममा ५ जनालाई गोली लागेको छ ।
२५ जना विद्यार्थी र १२ जना प्रहरी घाइते भएका छन् । गम्भीर बनेकी बालिका चन्दलाई थप उपचारका लागि हेलिकाेप्टरमा भर्खर काठमाडौं ल्याइएको छ । उनको बी एण्ड बी अस्पतालमा उपचार हुनेछ ।
आफ्नो प्रतिकृया दिनुहोस्