बाँके। नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट ३ लाख १० हजार रुपैयाँ मूल्य बराबरको सुर्तिजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार उक्त स्थान भन्दा करिब ३० मिटर पर परालमा लुकाई राखिएको १ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको सुर्तिजन्य पदार्थ आइतबार बिहान प्रहरीले बरामद गरेको हो ।
१५.५ क्विन्टल सुर्तिजन्य पदार्थ ईतराम बाबा मन्दिर पछाडि लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उक्त पदार्थ फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्