नवलपरासी । दिल्ली–चितवन चल्ने यात्रुबहाक बसबाट १ करोड बराबरको अवैध सामान बरामद भएको छ ।
पश्चिम जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोलीले सुनवलको भूमही चोकबाट भन्सार छलेर ल्याएको अवस्थामा ना ८ ख १२०३ नम्बरको बसबाट उक्त सामान बरामद भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ । रुपन्देहीको सुनौलीस्थित बेलहिया भन्सार नाकाबाट सहजै भित्रिएको बसलाई सुराकीको आधारमा प्रहरीले भैरहवाबाट पछ्याउँदै आएको थियो ।
भैरहवाबाट परासीहुँदै चितवन जानुपर्ने बस बुटवल पुगेको थियो । ३१ जना नेपाली यात्रु लिएर आएको बसमा भूमही आइपुग्दासम्म ११ जना यात्रु थिए ।
यात्रु ओराल्न बस बुटवल पुगेको बताइएको छ । बसको छतमा लामो टिनको फल्ट बटम बनाएर उक्त सामान लुकाइएको थियो ।
बरामद भएका सामानमध्ये ८ कार्टुनमा ५० बढी मोबाईल छन् । एउटा मोबाईलको मूल्य करिब ३० हजारदेखि १ लाखसम्म पर्ने रहेका छन् । त्यसैगरी १८ बोरा ट्रयासुट र ८ कार्टुन औषधि छन् । बरामद भएको औषधिमा महंगा आयुर्वेदीक औषधि रहेको प्रहरीले जनाएको छ । बरामद भएको सामान र बसलाई चालकसहित आवश्यक अनुसन्धानका लागि बेलहिया भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्