काठमाडौं । सदरमुकाम बेँसीसहरबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस आइतबार बिहान दुर्घटना भएको छ ।
तिव्र गतिमा रहेको बस अनियन्त्रित भइ पाउँदी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । दुर्घटनामा अन्दाजी ३५ वर्षीया प्रकृती चन्दको मृत्यु भएको हो । गम्भीर बनेकी चन्दलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको लमजुङका डीएसपी रविन्द्रमान गुरुङले बताए । मृतकको विवरण खुल्न सकेको छैन ।
गुरुङका अनुसार बस सडकबाट एकसय मिटर तल खोलामा खसेको छ । दुर्घटनाकाा घाइतेमध्ये चार जनालाई उपचारका लागि चितवन लगिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्