मकवानपुर । मनहरी गाउँपालिका बस्ने ६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मनहरी गाउँपालिका बस्ने ६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मनहरी गाउँपालिका-९ बस्ने ३८ वर्षीय श्यामकृण्ण थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्