काठमाडौं । बलात्कारको आरोप लागेका सिद्धाबाबा भनिने कृष्णरदासजी महाराजलाई दोस्रोपटक म्याद थपका लागि अदालत लगिएको छ । आरोप लागेसँगै बिरामी भएर आईसीयूमा भर्ना भएका सिद्धबाबालाई एम्बुलेन्समा हालेर शुक्रबार सुनसरी जिल्ला अदालत उपस्थित गराउन ललिएको हो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी विनोद शर्माको नेतृत्वको प्रहरी टोलीले एम्बुलेन्समा राखेर अस्पतालमा उपचाररत कृष्णदासलाई ११ बजेतिर अदालतर्फ लगिएको हो ।
पहिलोपटक मंसिर १६ गते चार दिनको म्याद थप गरिएको थियो । पहिलो म्यादमा अनुसन्धान नसकिएपछि दोस्रो पटक म्याद थपका लागि अदालत लैजानुपरेको डीएसपी शर्माले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्